citizens life insurance long ad
stcnepal long ad

बैंकहरुको निक्षेप रु. १ अर्बले घट्दा कर्जा लगानी रु. ४ अर्बले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत पुस १२ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ।

गत पुस ११ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा गत पुस १२ गतेसम्म घटेर ४८ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ।

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेको छ। गत पुस १२ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा बढेर ४६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको निक्षेप भने गत पुस १२ गते १ अर्ब रुपैयाँले बढेको छ। गत पुस १२ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा बढेर ४२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेर पुस १२ गतेसम्म ४० खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो।

बैंकहरुको औसत सीडी रेसियो घटेर पुस १३ मा ९१.१९ प्रतिशतमा झरेको छ । गत पुस १२ गतेसम्म औसत सीडी रेसियो ९१.२४ प्रतिशत रहेको थियो। अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशत रहेको छ।

IME Life
kumari