citizens life insurance long ad
stcnepal long ad

बिल बिजक नराख्ने ८७ पसललाई कारवाही : वाणिज्यद्वारा ५ देखि २ लाखसम्म जरिवाना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ लागु भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ८७ वटा पसललाई कारवाही गरेको जनाएको छ ।

तोकेको मापदण्ड विपरीतका काम गरेको भेटिएपछि विभागको अनुगमन निरीक्षण टोलीले उक्त संख्यामा कारवाही गरेको हो । बजार अनुगम तथा निरीक्षणको क्रममा मापदण्ड भन्दा कम परिमाणमा पेट्रोल विक्री गर्ने पेट्रोल पम्पदेखि बिल बिजक नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराखेको र मुल्य ढाँटी लुकाई छिपाई सामान विक्री गरेको र निरीक्षणमा विभागका कर्मचारीलाई सहयोग नगरेको आरोपमा उनीहरुलाई कारवाही गरेको विभागस्रोतले बताएको छ ।

विभागले तोकेको मापदण्ड पूरा नगरी कसुर गरेका पसलेहरुलाई कसुर हेरी रु. ५ हजारदेखि रु. २ लाखसम्म जरिवाना गरेको बताइएको छ ।

विभागले तोकेको मापदण्ड विपरीत नियम उल्लंघन गर्नेहरु पसलेहरुबाट विभागले रु. १९ लाख ५५ हजार जरिवाना गरी सरकारी ढुकुटीमा राजश्व दाखिला गरेको जनाएको छ ।

विभागको कारवाहीमा परेका पसलहरु:

विभागले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भद्रकाली आयल स्टोरलाई मापदण्ड भन्दा कम परिमाणाममा पेट्रोल विक्री गरेको कसुरमा रु. २ लाख रकम जरिवाना गरेको जनाएको छ ।

बुढानीलकण्ठमा रहेको थापा किराना स्टोरलाई बिल बिजक नराखेको कसुरमा रु। ५ हजार जरिवाना गरेको छ । स्टार एशिएन मिट प्रोडक्ट प्रा।लि। काठमाडौंलाई व्यवसाय दर्ता प्रमाणपत्र नदेखाएको कसुरमा ५० हजार रकम जरिवाना गरेको विभागस्रोतले बताएको छ ।

विभागको टोलीले ताहाचल उपभोक्ता पसल, सुननिधि खाद्य स्टोर, रेन्जल स्टोर काठमाडौंलाई बिल बिजक नराखेको कसुरमा रु. ५ हजारका दरले जरिवाना गरेको जनाइएको छ ।

एस.के स्टोर गठ्ठाघर, गैरे स्टोर गठ्ठाघर भक्तपुरलाई बिल बिजक नराखेको कसुरमा विभागले रु. ५–५ हजारका दरले जरिवाना गरेको छ ।

यस्तै काठमाडौंको हिमालय टेक्नो गियर्स प्रा.लि, पि. एस. आउट फिटसलाई मूल्य ढाटी लुकाईछिपाई सामान विक्री गरेको कसुरमा क्रमश रु. २ लाख ५० हजार र ५० हजार जरिवाना गरेको विभागले बताएको छ ।

टोखा नगरपालिका काभ्रेस्थलीमा रहेको धादिङ किराना स्टोर, पेमा ग्याङ्जो लामा र एपी स्टोरलाई बिल बिजक नराखेको कसुरमा विभागको टोलीले रु. ५–५ हजारका दरले जरिवाना गरेको बताएको छ ।

कमलपोखरीस्थित सिटी सेन्टरमा रहेका करबी एपारेन्सलाई मूल्य ढाँटेर, सामान लुुकाईछिपाई विक्री गरेको कसुरमारु। २ लाख रकम जरिवाना गरेको छ ।

सोही ठाउँमा रहेको सुवास ट्रेड सेन्टरलाई बिल बिजक नराखेको कसुरमा विभागको टोलीले १० हजार जरिवाना तिराएको छ ।

काठमाडौंको मूलपानीमा रहेकोअक्वाटिक ईन्डष्ट्रिज प्रा.लि.ले विभागको टोलीलाई निरीक्षणमा सहयोग नपुरर्याएको भन्दै विभागबाट खटिएको टोलीले रु। १५ हजार जरिवाना गरिएको छ ।

शुभेच्छा कलेक्सन, न्युरोड र विधान खाद्य सप्लायर्स बागबजारलाई बिल बिजक नराखेको कसुरमा क्रमश रु. २० हजार र ५ हजार जरिवाना गरेको विभागले जानकारी दिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा रहेको बालादेदी सप्लायर्स एण्ड स्याण्ड प्रोसेसिङ प्लान्टले दर्ता प्रमाणपत्र नदेखाएको कसुरमा विभागको टोलीले रु. ५० हजार जरिवाना गरेको छ भने सोही गाउँपालिकामा रहेको धादिङ्ग ट्रेड एण्ड कन्ट्रक्सन कम्पनीले पनि दर्ता प्रमाणपत्र नदेखाएको भन्दै विभागले ५० हजार जरिवाना गरेको बताइएको छ ।

उक्त गाउँपालिकाकै ढोला मण्डली सप्लायर्स, न्यु ज्वालामुखी सप्लायर्स, जे। एण्ड.जे. कन्ट्रक्सनले दर्ता इजाजत प्रमाणपत्र नदेखाएको कसुरमा प्रत्येकलाई रु. ५० हजारका दरले जरिवाना गरेको छ ।

काठमाडौं महानगरपालिका ३१ वडामा रहेको सामना स्टोर र पुतलीसडकमा रहेको युनिवेयर प्लसलाई बिल बिजक नराखेको कसुरमा रु. ५ र १० हजार जरिवाना गरेको विभागले बताएको छ ।

नयाँ बानेश्वरपस्थित झापाली खाद्यान्न पसलले पनि बिल बिजक नराखेको कसुरमा विभागले रु. ५ हजार जरिवाना गरेको छ ।

काठमाडौंको कमलपोखरीस्थित लि कपुर ट्रेड र ईस्केपले पनि बिल बिजक नराखेको भन्दै विभागले १०–१० हजार जरिवाना गरेको छ ।

विशालबजारमा रहेको न्यु ज्योति इम्पेक्स, अभिन्नदनलाई पनि बिल बिजक नराखेको कसुरमा रु. २०–२० हजार जरिवाना गरेको छ । पिपुल्स प्लाजामा रहेको सोलुसन, फरएभर र खिचापोखरीमा रहेको क्यान्टोन कलेक्सन सेन्टरलाई क्रमश ५ हजार, १० हजार र २० हजार जरिवाना गरेको जनाएको छ ।

सुन्धारास्थित स्टायल स्टुडियो, आश ग्रुप अफ कम्पनी र राधे राधे स्टोरलाई सोही कसुरमा १०, २० र ५ हजार जरिवाना गरेको विभागले जानकारी दिएको छ । ललितपुरको पुल्चोकस्थित क्युव वेयरलाई रु। ५ हजार, अर्किड ग्लोवललाई १० हजार, कटन किड्स प्रा.लि. ५ हजार, रेल भेल्टेड प्रा. लि.लाई १०, फरएभर योङ्गलाई १० र भिन्टेज ग्यालरीलाई बिल बिजक नराखेको कसुरमा १० हजार जरिवाना गरेको बताएको छ ।

त्रिपुरेश्वरमा रहेको पशुपती एजेन्सिजलाई १०, लबिम मल पुल्चोकमा रहेको अर्किड रिटेल प्रा.लि. लाई २०, त्रिपुरेश्वरमा रहेको रंगोलीलाई १० हजार, मोनालिसा एक्सक्लयुसिव टेक्सटायलाई २० हजार र रिचार्म प्रा.लि.लाई १० हजार, सुट इम्पाएरलाई १० हजार र उजाला ट्रडर्सलाई ५ हजार जरिवाना गरेको छ।

त्रिपुरेश्वरकै मोन्टेज इन्टरनेश्नल, र लाइफस्टाइल इन्टरप्राइजेज पनि १०–१० हजारका दरले जरिवाना गरिएको बताएको छ ।
उता थापाथलीस्थित मन्जरी लेडिज वेयर, आरम्भी ट्रेडर्सलाई पनि बिल बिजक नराखेको कसुरमा १०–१० हजार जरिवाना गरिएको छ। काठमाडौंको त्रिपुरेश्वरमा रहेको द लुप, कार्यसिद्धि इन्टरप्राइजेज प्रा. लि. र सिनर्जी ट्रेडर्सलाई बिभागले क्रमश १० हजारका दरले जरिवाना गरेको छ ।

यता, काठमाडौंको गोंगबुस्थित लाङघाली फेसन फेन्सी जुम, ढोरपाटन स्पोर्टस, बि एण्ड डि फेनसी एण्ड सु सेन्टर, याङजोम क्लोथिङ स्टोर र जेन्स, वेकटलाई १०–१० हजारका दरले जरिवाना गरेको बताइएको छ ।

बिभागको टोलीले दरवारमार्गस्थित अटम ट्रेडिङ प्रा.लि., नो एक्जिष्ट क्रियसन, गराज स्टोर, चिटिक्क फेसन कलेक्सन र जी पोइन्ट फेन्सीमा अनुगमन निरीक्षण गर्दा मुल्य सुची र बिल बिजक नराखेको कसुर भेटाएपछि क्रमश ५० हजार, २० हजार र १०–१० हजार जरिवाना गरेको बताएको छ ।

काठमाडौं महानगरपालिका १० नयाँबानेश्वरस्थित ड्रिमी फेसन वेयर, ओरेन्ज फेसन वेयर, मुक्तिनाथ रेडिमेड कलेक्सन स्टेला फेसन, मोर्डन फेन्सी वेयर, लि वर्ड द क्लोथिङ्ग स्टोर, गुड बिबि शप, घंघरलाई बिभागको टोलीले बिल बिजक नराखेको कसुरमा १० हजारका दरले जरिवाना गरेको छ ।

फेसन किगंस, रियाना क्लोथिङ सेन्टर, एस जे एण्ड सुज सेन्टरलाई बिभागले २० हजारका दरले जरिवाना गरेको बताइएको छ । त्यसैगरी बानेश्वर सुज हाउस र बबि गार्डेन शपलाई १०–१० हजारका दरले जरिवाना गरेको जनाएको छ ।

पुरानो बानेश्वरस्थित सिटी गल्र्स फेसन वेयर र जुम द फनिर्सिङ्ग सेन्टरलाई १० हजारका दरले जरिवाना गरिएको छ ।

त्यस्तै निपुर्ण कलेक्सन १० हजार र अरवाना बेसिकलाई १५ हजार जरिवाना गरिएको छ । बत्तिसपुतलीमा रहेको मनसा माता इन्टरप्राइजेजलाई भने बिभागले ५० हजार जरिवाना गरेको बिभागका निर्देशक तथा सुचना अधिकारी हरि पंगेनीले जानकारी दिएका छन ।

IME Life
kumari