stcnepal long ad
global ime bank long

२१अर्ब १० करोडको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस १२ गते २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले पुस १३ गतेबाट जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ।

त्यस्तै राष्ट्र बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ साल असार १४ गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ पुस १२ गते परिपक्व हुनेछ।
यी ट्रेजरी बिलको आज पुस १२ गते दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

IME Lifesidebar
kumari