बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ९ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ९ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ।
गत पुस ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गते बढेर ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।
गत पुस ९ मा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
गत पुस ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरुको गत पुस ९ मा कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ। गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ नै रहेको थियो।
यसैगरी गत पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो। पुस ९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.४२ प्रतिशत रहेको छ।
औसत सीडी रेसियो गत पुस ८ गते पनि ९१।४२ प्रतिशत नै थियो। अन्तरबैंक ब्याजदर पनि बढेर ४.९८ प्रतिशत रहेको छ।























