कान्तिपुर सिटि कलेजमा पत्रकारलाई अध्ययनमा छुट
काठमाडौं । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेशको अनुरोधमा कान्तिपुर सिटी केलजले पत्रकारितामा स्नातकोत्तर पढ्न चाहनेहरूका लागि प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा ५० प्रतिशत छुटमा २ जना र ६५ प्रतिशत छुटमा ३ जनालाई सहुलियत छात्रवृत्तिमा दिने महासंघ र कलेजबीच गत पुस १२ गते सोमबार औपचारिक सम्झौता भएको छ । यस सम्झौतालाई छिट्टै कार्यान्वयन गर्न कलेजले आह्वान गर्ने भएको जनाएको छ ।
























