citizens life insurance long ad
stcnepal long ad

बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्बले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर अन्तिममा वृद्धि हुँदै गएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस ८ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

अघिल्लो साताको तुलनामा पाँच अर्ब निक्षेप घटेको छ । गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ । बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ ।

निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात(सीडी रेसियो) पनि बढेर ९१.२१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

IME Life
kumari