citizens life insurance long ad
stcnepal long ad

एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट नेतृत्व बिचलित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गैरआवासीय नेपाली संघको आज पुस ११ गते आइतवार र १२ गते सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिन पुगेको छ ।

निर्वाचन गरिने भन्दै पटक(पटक प्रतिबद्धता जनाएका एनआरएनए अध्यक्ष पन्त निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले हिजो पुस १० गते शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको जनाएका छन् ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए ।

तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ ।

भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा। बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन् । यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।

निर्वाचन स्थगित गर्ने सुचनाले डिसेम्बर महिनामा निर्वाचन नहुने भएको मात्र छैन अझै एक दुई महिना चुनाव नहुने देखिएको छ।  किशोर शर्माबाट

IME Life
kumari