citizens life insurance long ad
stcnepal long ad

आउँदो दुई साता देशका अधिकांश भागमा वर्षा र हिमपातको अनुमान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  देशका अधिकांश भागमा आउँदो दुई साता वर्षा र हिमपातको अनुमान गरिएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मौसम खराब रहने अनुमान गरिएको हो । यस वर्षको हिउँदे वर्षा हुन नसकेको अवस्थामा आउँदो दिनमा त्यसको परिपूरण हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसअनुसार आउँदो साताको मध्य तथा अन्त्यमा देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

उच्च हिमाली तथा पहाडी भेगमा आउँदो साता हिमपात हुने जानकारी महाशाखाले दिएको छ । मौसमविद् वरुण पौडेलले आइतबारदेखि देशका प्रायः सबै भूभागमा हल्का वर्षा हुने जानकारी दिँदै बुधबारबाट पुनः न्यूनचापीय प्रणालीको असर नेपालमा पर्ने भएकाले त्यसले वर्षा र हिमपातको अवस्था सिर्जना गर्ने सम्भावना रहेको बताउनुभयो ।

पुस महिनाको मध्य समय हिउँदको उत्कर्षको समय भएकाले पनि यस अवधिमा हुने वर्षा र हिमपातले देशभर चिसो अत्यधिक बढाउनेछ ।

काठमाडौँलगायतका जिल्लामा बदलीसँगै चिसो हावा चल्न थालेको छ । आइतबार प्रदेश १ र बागमती प्रदेशमा हल्का वर्षा हुने र केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने जनाइएको छ । एकाध स्थानमा असिना पर्ने सम्भावनाको अनुमान गरिएको छ ।

IME Life
kumari