एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो पुस ८ गते बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ अर्ब २१ करोड १० लाख रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ ।
प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँका आधारमा प्रस्तावित कुल लाभांश २३.१५७८ हुने र सोमध्ये २२ प्रतिशत बोनस सेयर र १.१५७८ प्रतिशत नगद लाभांश हुने बताइएको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ।























