citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

गत पुस २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरिया शाखा र प्रदेश नं. ५ को रामपुर शाखाबाट कार्यक्रम सुरुआत गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन्।

कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावशाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा बचत के हो रु कर्जा सदुपयोग कसरी गर्ने रु पारिवारिक बजेट कसरी बनाउने रु बैंक(वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ रु नोट किन सफा राख्नुपर्छ भन्ने रु जस्ता विषयमा स्थानीय भाषामा प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा वित्तीय संस्थाका प्रबन्धक दिवसराज ओली, अनुगमन अधिकृत सीताराम महतो तथा प्रकाश लामिछानेले सहजीकरण गरेका थिए। प्रत्येक शाखाहरुमा कम्तीमा ६५ जना सदस्यहरु तथा अभिभावकहरुको सहभागिता रहेको जनाइएको छ।

IME Life
kumari