नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा २०७८ पौष ६ गते नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।
उक्त साधारणसभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।
























