एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको गत पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चु्क्ता पुँजीको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख ४८ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ३० लाख ६५ हजार ६९५ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।
यसैबीच प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो नवौं वार्षिक साधारण सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय पनि गरेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
























