stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेसमा नेतृत्व रूपान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाली कांग्रेसको ऐतिहासिक १४औं एकता महाधिवेशन उत्साह,एकता र रूपान्तर सहित सम्पन्न भएको छ। नेतृत्व चयनको महाधिवेशनबाट केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा। शशांक कोइरालाले ल्याएका छन् ।

विपी कोइरालाका कान्छा छोरा डा.शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता महामन्त्री गगन कुमार थापालाई पनि उछिनेका छन् ।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापाले ३०२३ मत प्राप्त गरेका थिए । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले सभापतिको दोस्रो चरणको निर्वाचनमा २७३३ मत ल्याएका सभापति शेर बहादुर देउवालाई पनि उछिनेका थिए ।

तर थापाले ल्याएको सर्वाधिक मतलाई डा।शशांकले ८ सयभन्दा बढी मत ल्याउँएर उछिनेका छन् । यससँगै डा।शशांक १४औं महाधिवेशनमा कांग्रेस कार्य समिति निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बनेका छन् । उनले करिब ८० प्रतिशत मत प्राप्त गरेका छन् ।

यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी मत पूर्णबहादुर खड्काले २१२१ मत पाएका छन । उपसभापतिमा धनराज गुरूङले १९०८ मत ल्याएका छन। महामन्त्रीमा विश्वप्रकाश शर्माले १९८९ मत ल्याएर निर्वाचित भएका छन।

आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाएका छन । सहमहामन्त्रीमा भिष्मराज आङदम्बे, जीवन कुमार परियार,महालक्ष्मी उपाध्याय (डिना), उमाकान्त चौधरी, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, फरमुल्लाह मन्सुर निर्वाचित भएका छन। पदाधिकारीमा सभापति देउवा र उपसभापति खडका मात्र पुराना अनुहार हुन। अन्य पदाधिकारीमा नयाँ अनुहार निर्वाचित भएका छन।

यसैगरि प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव, पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा अर्जुन जंग बहादुर सिंह निर्वाचित भएका छन। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत पुस ४ सोमबार साँझ केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना सम्पन्न भएको थियो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा. शशांक कोइराला सर्वाधिक मत ३८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

उनी कुनै समूह वा गुटको प्रतिनिधित्व नगरी र नबसी निर्वाचित भएका हुन् । यस्तै निर्वाचित खुला ३५ जनामा धेरै नयाँ अनुहार निर्वाचित भएका छन । खुला ३५ सिट मध्ये १५ नयाँ अनुहार र २० जना पुरानै अनुहार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन। यस्तै कांग्रेस राजनीतिमा पाका र युवाको मिश्रण नेतृत्वलाई केन्द्रमा ल्याएको छ ।

सभापतिमा शेरबहादुर देउवाले जित्दा उपाध्यक्षमा पूर्णबहादुर खड्का र धनराज गुरुङ्ग आए भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिते ।

कांग्रेसका सहमहामन्त्रीहरुमा पनि समावेशी सहित युवा र पाकाहरुको जीत भएको छ । यसले कांग्रेस अब पुरानो पार्टी भएपनि पुरानाहरुको पार्टी नरहेको स्पष्ट सन्देश बाहिर आएको छ ।

केन्द्रीय सदस्यकै मत परिणामले समेत त्यही देखाउछ । खुला केन्द्रीय सदस्यमा विपि पुत्र डा।शशांक कोइरालापछि अत्याधिक मत ल्याउनेहरु एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी , जीपछिरिङ लामा, अर्जुननरसिंह केसी, जीतजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा तथा नैनसिंह महर निर्वाचित भएका छन।

यसैगरी दिलेन्द्रप्रसाद बडू, डा. रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले , दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुङ्गाना, गुरु बराल, संजयकुमार गौतम, प्रा। डा। गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, इन्जिनियर मोहन आचार्य, डा. गोपाल दहित र कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

पार्टीका सबै पदाधिकारीको भने गत शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाको उम्मेदवारी परेको थियो ।

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) ४७४३ रहेका थिए । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टर आदिवासी जनजाति,महिला,दलित,मधेसी,थारू,मुस्लिम, खसआर्य,पिछडिएको क्षेत्र अन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ ।

यसैगरी केन्द्रीय समितिमा ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाती १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था रहेको छ ।

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ । अहिलेसम्म निर्वाचित नेतृत्व हेर्दा कांग्रेसमा नेतृत्वमा पुस्तान्तरण भएको छ । अधिकांश नेता युवा आएका छन। अब कांग्रेस यथास्थितिबाट होइन परिवर्तन साथ अघि बढने म्याण्डेट पाएको छ। कांग्रेसमा परिवर्तनको संकेत मिलेको छ।

prabhu mahalaxmi
kumari