stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली युवा उद्यमी मञ्च (NYEF)–ललितपुर च्याप्टरको विशेष समारोह बीच घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF)–ललितपुर च्याप्टरको औपचारिकMOU हस्ताक्षर कार्यक्रम युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले १५ डिसेम्बर २०२१ बुधवार बावर्ची होटेल, बबरमहलमा आयाजना गरिएको थियो ।

आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष हुनुहुन्छ ।

सो अवसरमा एनवाईईएफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो । उक्त एमओयूमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी) का तर्फबाट एनजीसीका अध्यक्ष उदीप श्रेष्ठ र ललितपुर च्याप्टरका तर्फबाट अध्यक्ष आभूषण ज्योति कंसाकारले हस्ताक्षर गरेका थिए ।

नयाँ कार्यसमितिमा मनिष थापा, रोविन झा, शिकार पाण्डे, एल्विस रञ्जित, निरज अग्रवाल, बिलशा श्रेष्ठ, विश्वास अधिकारी रहेका छन् ।

समारोहमा एनजीसीका अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो भने एनजीसीका च्याप्टर उपाध्यक्ष श्री सुमोदमान सैंजुले अध्यायको दिशानिर्देशका साथै अगाडि बढ्नका लागि आवश्यक उद्देश्य र भविस्यमा पालना गर्नु पर्ने कामहरुको व्याख्या गर्नु भयो ।

साथै ललितपुर च्याप्टरका नवनिर्वाचित अध्यक्ष कंसाकारले आफ्नो कार्यकालको भावी योजना र उद्देश्य व्यक्त गर्नुभएको थियो । उहाले आफ्नो कार्यकालका लागि औपचारिक रूपमा कार्यकारी समिति गठन भएको कुरा प्रस्तुत गर्दै विभिन्न उत्तरदायित्व र जिम्मेवारीहरूको रूपरेखा पनि प्रस्तुत गर्नुभयो । च्याप्टरको औपचारिक उद्घघाटन कार्यक्रम र विशेष समारोहका लागि जनवरी २०२२ को पहिलो हप्ताको लागि गर्ने तय भएको छ ।

IME Lifesidebar
kumari