stcnepal long ad
ime life insurance
national life
global ime bank long

कृषि विकास बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९प्रतिशत लाभांश वितरण गरेको थियो ।

IME Lifesidebar
kumari