citizens life insurance long ad
stcnepal long ad

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लि।को १ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज पुस १ गते अन्तिम दिन रहेको छ। गरिमा विकास बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्रमा आवेदन खुला गरेको थियो। आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘गरिमा डिबेन्चर, २०८४– ८५’ नामक ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी ४ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने २० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३ लाख ८० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

गरिमा विकास बैंकले निष्कासन गर्ने यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ८।७५ प्रतिशत ब्याज पाउने छन्। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ

IME Life
kumari