citizens life insurance long ad
stcnepal long ad

सीजी ब्रुअरीको जाडोका लागि उत्कृष्ट टिमुर बियर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको जनाएको छ।

नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्रान्डअन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो। यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ।

सीजी ब्रुअरीले बेला–बेलामा आफ्ना बियरका पारखीहरुका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ।

यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय सावित हुँदै आएका छन्। टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनी लिएको जनाएको छ।

नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिँदै आएको छ। टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ।

यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रतिबोतलको उपभोक्ता मूल्य रु.३४० र ३३० मि.लि. प्रतिबोतलको उपभोक्ता मूल्य रु.१७५ कायम गरिएको छ।

IME Life
kumari