citizens life insurance long ad
stcnepal long ad

डिजिटल वालेट खल्तीमा नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको लगानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खल्ती डिजिटल वालेटमा नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले  लगानी गरेको छ । यस लगानी पश्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहने कम्पनीले जनाएको छ ।

नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ ।

वल्र्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पु¥याउनको लागि सहयोग पुग्ने विश्वास छ । २५ वर्षअघि स्थापना भएको वल्र्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

‘वल्र्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वल्र्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ ।’

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पु¥याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पु¥याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको अग्रवालको टिप्पणी छ ।

‘यसले नवीन सोचसहित नवीन काम गरिरहेका स्टार्टअपहरुको लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउँनेछ,’ अग्रवालले भन्नुभयो,‘डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पु¥याउने नवीन सोचहरुलाई सघाउन वल्र्डलिंक सधैं तत्पर रहनेछ ।’

५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले प्रयोगकर्तामाझ् छुट्टै पहिचान बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आईरहेको छ ।

लाखौं प्रयोगकर्ताले फोन रिचार्ज गर्न, ईन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।

वल्र्डलिंकको लगानीले सबैको लागि वित्तीय पहुँच पु¥याउने खल्तीको योजना साकार पार्नको लागि सहयोग पुग्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले बताउनु भयो । वल्र्डलिंकबाट लगानी भित्रिएसँगै वित्तीय पहुँचमा सबैको सुनिश्चितताको लागि खल्तीले काम गर्ने उनले बताए । खल्तीमा हाल दुई सय बढी कर्मचारी आवद्ध छन् ।

देशभर खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता छन् । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन् ।

IME Life
kumari