५ जना संस्थापक सेयरधनीले सिभिल बैंकको ३२ हजार ६६३ कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । सिभिल बैंकका ५ जना संस्थापक सेयरधनीले ३२ हजार ६६३ कित्ता सेयर बिक्री गर्ने भएका छन् । जसमा संस्थापक सेयरधनी शुशिल बिक्रम थापाको नाममा ११ हजार ७५७, एलिजा कुँवरको ७ हजार ६६३, रोशना थापा महतको ११ हजार ७५७, शुशिला दहालको ७४३ र कुमारी गंगा खतिवडाको नाममा ७४३ कित्ता सेयर रहेको छ ।
यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (मंसिर २६ गते) बाट ३५ दिन भित्र सिभिल बैंकको केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन् ।


























