citizens life insurance long ad
stcnepal long ad

वोमी लघुवित्तको वार्षिक साधारण सभा पुस १६ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस १६ गते आयोजना गर्ने निर्णय गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आगामी पुस १ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

सभाले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर भई एकीकृत कारोबारसमेत गत आर्थिक वर्षको सुरुआत गरिसकेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधासमेत उपयोग गरिने संस्थाले जनाएको छ।

IME Life
kumari