citizens life insurance long ad
stcnepal long ad

भोली नाडाको ४५ओैं साधारण सभा

नाडामा चौधरी र थापाको महाप्रतिस्पर्धा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अटोमोबाइल्स एशोसियसन अफ नेपाल ( नाडा) को ४५ओैं बार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनको अधिवेशन भोली मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ ।

करिव ३१ सय मतदाता रहेका अटोमोवाइल्स व्यवसायीहरूले अध्यक्ष सहित १७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दैछन। नाडाको आगामी अध्यक्षका लागि सिजि ग्रुपका करण कुमार चौधरी र धुर्व थापा बीच कडा प्रतिस्पर्धा हुँदैछ।

यस पटकको चुनावी माहोल यति धेरै तातिएको छ कि दुबै जना प्रतिस्पर्धाबाट महा भिडन्तमा पुगेका छन् । यसका लागि प्यानल सहित करण चौधरी र ध्रुव थापा दुई समुह कडा चुनावी अभियानमा लागेका छन् ।

ध्रुव थापा पर्यटकीय नगरी पोखराका घराना व्यवसायी हुन् भने करण चौधरी अर्बपति विनोद चौधरीका भाई अरुण चौधरीका छोरा हुन् ।

नाडाको नेतृत्व चयन निर्वाचन पर्सि मंसिर २३ गते हुनेछ भने भोली उदघाटन सत्र र निर्वाचन तयारी सम्बन्धि काम हुनेछ । प्यानल सहित मैदानमा उत्रिएका चौधरी र थापा दुबैजना सहमतिमा नजाने भन्दै आफ्नो विजय पक्का भएको दाबी गर्छन् ।

नाडा अध्यक्षका प्रतिस्पर्धी चौधरी नाडाका वर्तमान उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार दाबी गर्दै चुनाव जित्नेमा ढुक्क छन् भने थापा पनि पूर्वउपाध्यक्ष भएकाले यस पटक उनले अध्यक्षको दावी गरि जित्ने ठोकुवा गर्दै आएका छन् ।

नाडा अध्यक्षका प्रतिस्पर्धी थापा यसअघि पनि नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागी राजी हुँदा पाईसकेको पद पनि त्याग्नु परेको बताउँछन् ।

यसपाली भने थापा पछि हट्ने कुनै छाँटकाँट देखिएको छैन। उनी कसैगरि पनि सहमति गर्ने पक्षमा छैनन्। केही व्यावसायीले चौधरी र थापा दुबै जना नाडा नेतृत्वमा आवश्यक रहेको भन्दै एक जना अध्यक्ष र अर्को जनालाई वरिष्ठ उपाध्यक्षमा रहन सहमतिको प्रयास गराउदै आए पनि दुबै जना अध्यक्ष छाडन तयार देखिएका छैनन ।

चौधरीलाई धेरै अटो व्यवसायीहरुको समर्थन रहेकोले सहमतिका लागी चौधरी राजी नहुने पक्का नै छ । त्यसैले दुबै तर्फ अटो ब्यवसायीहरुको मजबुत टिम देखिन्छ ।

थापा समुहमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन ।

यसैगरि थापाले आफ्नो प्यानलमा महिला व्यवसायी यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेका छन्। त्यस्तै थापा समुहमा अमरज्योति रञ्जित, बि।एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि।एस कंसाकार, सञ्जयकुमार खेतान रहेका छन । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको थापाको दाबी रहदै आएको छ ।

चौधरी समुहतर्फ अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ला, निलमणी पाठक, र गंगाराज भट्टराई आदि रहेका छन् ।

चौधरीले आफ्नो प्यानलमा नाडामा निकै लामो अनुभव हासिल गरेका ब्यक्तिहरु भएकाले जित्नेमा ढुक्क रहेको बताउँछन् । अध्यक्ष बाहेकको पदाधिकारी र सदस्य पदमा दुबै समुहका अनुभवी, क्षमतावान,सकृय व्यावसायीहरू निर्वाचित हुने व्यवसायीहरूले बताउदै आएका छन।

IME Life
kumari