citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको ३ लाख कित्ता संस्थापक सेयरधनी भीम कृष्ण उदासको संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकका सेयरधनीले ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी भीम कृष्ण उदास आफ्नो नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनु पर्नेछ ।

किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

IME Life
kumari