citizens life insurance long ad
stcnepal long ad

नेपालमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पनि कोभिड–१९ को भाइरसको नयाँ उत्परिवर्तनको ओमिक्रोन भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ। यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आंकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ।

दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको जनाएको छ ।

नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

खोपको विवरण लिने गरेको छ। लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको छ। साथै हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने यात्रुहरूलाई पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी टेष्ट गर्ने र शंकास्पद नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडि देखि पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको सरकारले जनाएको छ ।

यहि क्रममा २०७८ मंसिर ३ गते नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए। नेपाल आउदा नियमानुसार काभिड रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो ।

वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो।

त्यसपश्चात परिक्षण गर्दा कोभिड(१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड( १९ परीक्षणमा पोजिटिभ आएकाहरुको थप परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा ओमिक्रोन फेला परेको थिएन।

ओमिक्रोन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परिक्षण गर्दा २०७८ मंसिर १९ गते राति कोभिड(१९ को नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहेका छन् ।

हाल उनीहरुमा कुनै लक्षणहरु देखिएको छैन । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
उक्त दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंङ गरिएको, कन्ट्याक्ट ट्रेसिंङबाट प्राप्त ६६ जना सम्पर्कहरुको कोभिड–१९ परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा ओमिक्रोन भेरियन्टको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंङको कार्यलाई थप प्रभावकारी बनाइएको बताइएको छ ।

आम नागरिकलाई ओमिक्रोन भेरियन्ट सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

कोभिड १९ का अरु भेरिएन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना, मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता जनाउन आवश्यक रहेको छ ।

IME Life
kumari