नेपाल अर्बुद रोग निवारण संस्थाको जिल्ला सभा सम्पन्न
काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको २९औं जिल्ला सभा सफलतापूर्वक सम्पन्न भएको छ । जिल्ला शाखाका सभापति अजय सिंह सुवालको सभापतित्व तथा सचिव दिव्यलक्ष्मी बज्राचार्य र कोषाध्यक्ष श्रीकृष्ण महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको र सो सर्वसहमतिमा स्वीकृत भएको थियो ।
सोही कार्यक्रममा नेपालका चर्चित कलाकार प्रशान्त ताम्राकारको फेसन नेटवर्क नेपालको “नो शेभ नोभेम्बर फेसन अफ कज”फेसन सो बाट उठेका रकम रु.पच्चिस हजार यस संस्थालाई सहयोग गर्नु भएको थियो ।
त्यसैगरी आजिवन सदस्य निर्मला कार्की र लक्ष्मी माया श्रेष्ठले पनि रु. दशरदश हजार पनि यस संस्थालाई सहयोग गर्नु भएको थियो । सो कार्यक्रममा निवर्तमान सभापति भागवत श्रेष्ठ, उप सभापति हरि गोपाल प्रधान र अन्य पदाधिकारीहरु गिरीन्द्रमान राजवंशी, प्रकाश सिंह प्रधान, वीरेन्द्र लाल श्रेष्ठ, किरण कुमार महर्जन, मचाकाजि महर्जन, जुना श्रेष्ठ, निर्णय श्रेष्ठ, फुर्पु तेन्जिङ्ग शेर्पा, सागर कट्वाल, जगत महर्जन, माणिक रत्न शाक्य, रिकेश महर्जन, मिस नेवाः सुदिना श्रेष्ठ जुनु त्वायना, रिमा श्रेष्ठ, रामकृष्ण गडतौला, सागर श्रेष्ठ, शम्भू सुवेदी, विश्वनाथ पोखरेल लगायतका आजिवन सदस्यहरु उपस्थित रहेका थिए ।


























