केएल दुगड समूहको स्वस्तिक आयल इन्डन्ट्रिज उत्कृष्ट निर्यात कम्पनीका रुपमा सम्मानित
काठमाडौं । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई आर्थिक वर्ष २०७७/०७८ मा मोरङ–सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण एवं अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याई उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ।
संघले उक्त सम्मान आफ्नो ६५ औं वार्षिक साधारण सभाको उदघाटन समारोहका अवसरमा हिजो अर्थ मन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इन्डस्ट्रिजका सञ्चालक विकास दुगडलाई सम्मानपत्र प्रदान गरिएको थियो।
स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सनफ्लावार तेल, सनफ्लो सनफ्लावार खाने तेलजस्ता तेलहरु उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको छ।


























