प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमित भएका छन। प्रधानन्यायाधीश जबरालाई कोरोना पुष्टि भएसँगै उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी वल ९एपीएफ०अस्पताल भर्ना गरिएको छ ।
जबरा हिजो मंसिर १३ गते सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।






















