citizens life insurance long ad
stcnepal long ad

वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो, कर्जा लगानी १४ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर ३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको पाइएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले हिजो सार्वजनिक गरेको गत मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्मको तथ्यांकले यस्तो देखिएको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर ३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर ३ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।

मंसिर लागेयता वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको एनबीएको तथ्यांकले देखाएको छ। यो अवधिमा कर्जा लगानी भने २१ अर्ब रुपैयाँ बढेको देखिन्छ।

IME Life
kumari