citizens life insurance long ad
stcnepal long ad

विकट र दुर्गम वस्तीहरुमा पनि टेलिकमको मोबाइल सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन हेलिकोप्टरबाट उपकरण ढुवानी गरि मोवाइल सेवा उपलव्ध गराइ रहेको जनाएको छ।

नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै टेलिफोन,मोवाइल र इन्टरनेट सेवा उपलव्ध गराउदै आएको छ ।

पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरु डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गह्रुंगा उपकरणहरु कम्पनीले हेलिकोप्टरबाट ढुवानी गनु पर्ने वाध्यता रही आएको र विगतमा जस्तै हेलिकोप्टरबाट उपकरण ढुवानी गरी कम्पनीले यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरिरहेको जनाएको छ ।

सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही गज्र्याङ डाँडा र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकोप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको टेलिकमले जानकारी दिएको छ। यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएका छन् ।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको जनाएको छ ।

स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रहरूमा पनि टेलिकमले सेवा उपलब्ध गराइ रहेको जनाएको छ ।

त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको बताएको छ ।

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा मोवाइल सेवा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

गोरखाकै बिही गज्र्याङ डाँडा नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुट लगायतका क्षेत्रहरू र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुट लगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको जनाइएको छ ।

मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चे लगायतका क्षेत्रहरूमा मोबाइल सेवा उपलब्ध भएको जनाएको छ ।

यसैगरी अन्य तीन दुर्गम र विकट स्थानहरुमा हेलिकोप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गराउने जनाएको छ । हाल यी स्थानहरुमा संरचना निर्माण कार्य भइरहेको छ ।

निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने भएको टेलिकमले जनाएको छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्ने भएका छन् ।

तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

IME Life
kumari