सेयरधनीको डिम्याट खातामा नेको इन्स्योरेन्सको १५.५ प्रतिशत बोनस सेयर जम्मा

काठमाडौं । नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असार १७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
त्यस्तै, सो मितिपछि डिम्याट गर्नेहरुको हकमा पनि बोनस जम्मा गर्ने तयारी भइरहेको रहेको इन्स्योरेन्सले जनाएको छ । यता, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । नेकोको असार ३१ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।