citizens life insurance long ad
stcnepal long ad

मंसिर १६ गतेदेखि गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

सर्वसाधारणलाई छुट्याएकोमध्येबाट २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो सात वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा मंसिर २० गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १ गतेसम्म आवेदन खुला रहने छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

गरिमाको यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै, यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

IME Life
kumari