citizens life insurance long ad
stcnepal long ad

दुई साताभित्रै सेबोन र नेप्सेले नेतृत्व पाउँने, त्यसपछि सेयर बजार सकारात्मक हुने अपेक्षा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले सेयर ब्रोकर अफिसहरूमा लगानीकर्ताको उपस्थिति पातलो देखिन्छ । अनलाइन प्रविधिबाट सेयर कारोबार गर्ने भएकोले पनि हुन सक्छ धेरै लगानीकर्ता घर तथा आफ्नै अफिसबाट कारोबार गर्न थालेका छन।

त्यहीकारण ब्रोकर अफिसमा भिडभाड छैन। आज बिहानैबाट सेयर बजारको सूचकमा केही बिक्री दबाब परेको थियो। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन। उनीहरू भन्छन– ‘लगानीकर्ता मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेका छन्।

४ करोड र १२ करोड कर्जा सीमाको ठाउँमा ४–२७ हुन्छ भन्ने सुनिएको छ, हेरौँ के हुन्छ रु यधपी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा यही बुधबारसम्म आउने भन्ने सुनिएको छ, खै के हुन्छ ?

यो स्थितिमा लगानीकर्ताले भने– ‘हुन सक्छ। राष्ट्र बैंक घनिभूत रुपमा लागेको सुनिएको छ।’ अहिलेको सेयर बजार मजबुत नै रहेको ब्रोकरहरू बताउछन। बजार बढेपछि बढ्ने भनेको हाइड्रो र बैंक नै हो, त्यसैले घटेको बेला अरुण काबेली र ज्योति विकास बैंक किनेर राख्नुपर्छ भन्ने केही साना लगानीकर्ताहरूको विश्लेषण रहेको छ।

ब्रोकर सञ्चालक भन्छन– ‘अबको दुई साताभित्रै नेप्से र सेबोन दुवैले नेतृत्व पाउन सक्छ। त्यसपछि सेयर बजार पनि सकारात्मक हुन सक्छ। ब्रोकर अफिसमा अनेकौं किस्सा सुनिन्छ । एक लगानीकर्ता भन्दैछन( नेप्से सूचकको २७५० मा खड्को छ रे। यहाँभन्दा माथि नै रहुन्जेल बजार घट्दैन !’

एक लगानीकर्ताले भने– ‘मैले बेष्ट फाइनान्स ३५० रुपैयाँमा किनेको थिएँ, राम्रै फाइदा भएको छ। हामीसँग धेरै किन्ने पैसा भएन के गर्नु रु अप्पर पनि थोरै किनेर राखेको छु।’ अर्का लगानीकर्ताले भन्दै छन ( ‘सेयर बजारमा घट्दा नै किन्ने हो, मौका आउला जस्तो छ।’

IME Life
kumari