stcnepal long ad
global ime bank long

विजय लघुवित्तद्वारा लाभांश प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको गत सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको कुल २१.०८५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख १३ हजार १७४ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांशमा २०.०३१ प्रतिशतले हुन आउने ५ करोड ३४ लाख २ हजार ५१५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशतले हुन आउने २८ लाख १० हजार ६५९ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari