stcnepal long ad
global ime bank long

सूर्या लाइफको खुद बीमा शुल्क आर्जन रु. १.११ अर्ब

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ । आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ३३.४१ प्रतिशतले बृद्वि गरेको जनाएको छ। गत वर्ष सोही अवधीमा कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा १७ करोड ११ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले १९ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ११.८ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले ११ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ९ करोड २० लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर ११ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ।

प्रथम त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार ४२.५७ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ८ अर्ब ७ करोड रुपैयाँमा मात्र थियो।

गत वर्ष ७६ करोड १ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ९७ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको जनाएको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ लाख ८९ हजार १९२ बीमालेख संख्या जारी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ लाख ५५ हजार २२७ बीमालेख जारी गरेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.२६ रुपैयाँ रहेको जनाएको छ।

IME Lifesidebar
kumari