stcnepal long ad
global ime bank long

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको बिज्ञापन कान्तिपुर दैनिकमा प्रकाशित भएपछी क्याम्पसमा आवद्ध कर्मचारीहरु आक्रोशित भएका छन।

कर्मचारीलाई थाहै नदिइ एका एक कलेज बिक्रिको सुचना आएको भन्दै संस्थाको आधिकारिक युनियन संग समोन्वय नगरी संचालकको एकलौटी निर्णयले कलेज बेच्न लागिएकोमा युनियनले बिरोध जनाएको छ।

आधिकारिक युनियन संग सरसल्लाह र समोन्वय नगरी कलेज बेचिएमा जस्तोसुकै परिस्थितिको सामना गर्न युनियन बाध्य हुने युनियनका एक पदाधिकारीले बताए।

ॐ अस्पतालमा नयाँ संचालकमा डा. आनन्द श्रेष्ठ आएपछी ॐ हेल्थ क्याम्पस बेचेर त्यहाँ कार्यरत कर्मचारीको रोजिरोटी खोस्न यस्तो निर्णय संचालक चियरमेन डा. श्रेष्ठले लिएको कर्मचारीहरुको आरोप छ।

ॐ अस्पतालको मात्रै कलेजमा ५१ प्रतिशत शेयर रहेको छ। राम्रो अवस्थामा चलिरहेको कलेज एका एक बिक्रिको सूचना आउँदा कतिपय संचालकहरुले भने असन्तुष्टि व्यक्त गरेका छन।

कलेजले CTEVT बाट सम्वन्धन प्राप्त PCL Nursing र पुर्वाअन्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त BPH,BSC Nursing र BN कक्षा संचालन गर्दै आएको छ।

IME Lifesidebar
kumari