sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरसफाइ विषयमा व्यवसायिक तालिमको पहिलो चरण सम्पन्न

काठमाडौँको सेवा र विकास व्यवस्थापनलाई मजवुत बनाउन शैक्षिक र अनुसन्धानमुलक क्षेत्रसँग सहकार्य –प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स—पिएलसि) लिइरहेका थिए ।

यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट १ जना र एआइटीबाट १ जना प्रतिनिधिसहित ३ जनाको समितिले काम गरिरहेको छ ।

आज एक औपचारिक कार्यक्रम गरेर पहिलो चरणको कार्यक्रम सम्पन्न भएको जानकारी गराइएको हो । त्यस क्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, सहरी सेवा र सुविधा व्यवस्थापनका चुस्त बनाउन शैक्षिक र अनुसन्धानमुलक क्षेत्रसँग नियमित सहकार्य गरिने बताउनुभयो ।

‘हेर्दा सामान्य लागे पनि सरसफाइ जटिल र जनताको दैनिकीसँग प्रत्यक्ष जोडिने काम हो । यसलाई राम्रो बनाउन सके सहरको गौरव बढ्छ । हामीले प्राविधिक र प्रशासन क्षेत्रका अधिकारीलाई तालिम दिएका छौँ । उहाँहरुले तालिमबाट सिकेको सीपबाट सहरी सरसफाईमा परिवर्तन हुने अपेक्षा लिएको छु ।’

त्यस क्रममा एआइटीका शैक्षिक मामिला उपाध्यक्ष प्रा. डा. शोभाकर ढकालले, काठमाडौँ महानगरले कर्मचारीलाई व्यवसायिक तालिम उपलब्ध गराउनु नै सहरी व्यवस्थापन सूचकमा राम्रो संकेत भएको बताउनुभयो । विश्वका सहरहरुलाई कार्वनमुक्त बनाउनु अहिलेको आवश्यकता हो । यस प्रकारका तालिमले सहरमा मानव बसोबासलाई सुरक्षित बनाउन मद्दत गर्नेछ । ढकालले तालिमबाट उपलब्धीको अपेक्षा गर्नुभयो ।

काठमाडौँबासीले सरसफाइका क्षेत्रमा परिवर्तनको महसुस गर्नु नै तालिमको उपलब्धीको हुनेछ । कार्यक्रममा विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूलका प्रधानाध्यापक डा. भीमप्रसाद श्रेष्ठले, काठमाडौँ महानगरलाई आवश्यक भएका शैक्षिक तथा अनुसन्धानमुलक क्षेत्रमा सहयोग गर्न आफूहरु तत्पर रहेको उल्लेख गर्नुभयो ।

यस प्रकारको तालिम सञ्चालन गर्न महानगरपालिका र काठमाडौं विश्वविद्यालयबिच ०७७ फागुन १४ गते सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनियरिङ्का डीन डा. डम्बरबहादुर नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सो सम्झौता बमोजिम तालिम फागुन २१ गतेबाट सुरु गर्ने लक्ष्य राखिएको थियो तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण निर्धारण गरिएको समयमा सुरु हुन सकेन । त्यसपछिका कक्षाहरु केही भौतिक उपस्थितिमा र केही अनलाइनका माध्यमबाट सञ्चालन गरिएका थिए ।

तालिमबाट आफूहरुको ज्ञान अद्यावधिक भएको, काम सम्पादन गर्ने तरिकामा परिवर्तन भएको र सेवा व्यवस्थापनमा आचरणमा सृुधार भएको महसुस भएको छ । तालिमको अनुृभव बाँड्दै उपनिर्देशक सुमन अधिकारीले आफू मानव संशाधन महाशाखामा आएपछि शैक्षिक र अनुसन्धानमुलक क्षेत्रमा जनशक्तिको क्षमता विकास गराउने कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभयो ।

पढ्न जानु अघि आफूले जानेको जस्तो लागे पनि पढ्न थालेपछि नयाँ कुरा सिक्न बाँकी नै रहेको महसुस भयो । सहभागी सुधा रिजालले आफ्ना अनुभूति सुनाउनुभएको थियो ।

तालिममा सरसफाइका सैद्धान्तिक र व्यवहारिक ज्ञान, सरसफाइ सम्बन्धी आचरण, व्यवहार परिवर्तन, सरसफाइसँग सम्बन्धित व्यापार, व्यवस्थापन र प्रविधिलगायत विषय समावेश थिए । सहभागीहरुलाई दोस्रो चरणमा प्रयोगात्मक ज्ञान, अवलोकन भ्रमणलगायतका क्रियाकलाप गराइनेछ ।

तालिमबाहेक महानगरले नीति अध्ययन विश्लेषणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग सहकार्य गरेको छ । यसका लागि ०७८ असार १ गते सम्झौता भइसकेको छ ।

 

gold
kumari bank
nawakantipur long