एनएलजी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसअनुसार कुल १० लाख ९६ हजार ३७५.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
यो कम्पनीले उक्त आर्थिक वर्षमा चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गरेको जनाएको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०/५२६३ प्रतिशत नगद लाभांश रहेका थिए। )( माडौं

























