गरिमा विकास बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई रु. १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई ‘गरिमा डिबेन्चर २०८५’ निष्कासनको अनुमति दिएको सो विकास बैंकले जनाएको छ ।
यो अनुमतिसँगै अब बैंकले रु. १ हजार अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने जनाइएको छ।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। गरिमाको यो ऋणपत्र ७ वर्षे हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउने छन्।
























