stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कात्तिक २८ गतेदेखि फाइजरको खोप लगाइने, १२ देखि १७ वर्षका दीर्घरोगीलाई पहिलो प्राथमिकता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १२ देखि १७ वर्ष उमेर समूहका दीर्घ रोगीलाई खोप दिइने निर्णय भएको जनाएको छ । दोस्रो मात्रा खोप मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने छ ।

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।

महाशाखाका खोप शाखा प्रमुख डा। सागर दाहालले देशभर २४ खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानमा अस्पतालले वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान आग्रह गर्नुभयो ।

५० हजार दीर्घरोगीलाई खोप लगाउने जनाएको महाशाखाले १८ वर्ष माथिका खोप लगाउन छुटेका दीर्घरोगीले समेत मंसिर ५ देखि ७ गतेसम्म लगाउन सकिने गरी योजना बनाएको जनाएको छ ।

खोप शाखा प्रमुख डा। दाहालले मानइस ८० डिग्री सेल्सियसमा राखिएको यो खोप अल्ट्रा कोल्डचेनबाट निकालेको ३१ दिनसम्म २ देखि ८ डिग्री सेल्सियसमा राखेर लगाउन सकिने बताउनुभयो ।

जमेर रहेको खोपलाई घोलेर लगाउनु पर्ने हुन्छ भने एक भाइलबाट ६ जनालाई लगाउन सकिन्छ । ९५ प्रतिशत सुरक्षित मानिएको फाइजरको खोप कोभ्याक्स कार्यक्रममार्फत १ लाख ६ हजार २० डोज नेपाल आएको थियो । यसैबीच सरकारले खरिद गरेको फाइजरको ६० लाख डोज खोप डिसेस्बरमा आइसक्ने मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari