stcnepal long ad
ime life insurance
global ime bank long

तीन प्रदेश प्रमुख फेरिए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को कात्तिक २२ गते बसेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार प्रदेश न १ का सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari