stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन

संघको ३५ औँ साधारणसभाले कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार संघको ३५ औँ साधारणसभाले कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्याय अध्यक्षमा निर्विरोध चयन भएका हुन् भने कार्यसमितिले नेतृत्व गर्ने अवधि दुई वर्षका लागि हुनेछ । यसअघि अध्यक्ष रहेका भुवन दाहालको कार्यसमितिमा उपाध्याय उपाध्यक्ष रहेका थिए ।

संघले उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिल केसी चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपक कुमार देले, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।

संघको सल्लाहकारमा पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना चयन भएका छन् ।

prabhu mahalaxmi
kumari