stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा क्यापिटलको फिक्स रिटर्न पोर्टफोलियो योजना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सेयर लगानीकर्ताहरुका लागि ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना सार्वजनिक गरेको छ। यस योजनामा सहभागी हुने लगानीकर्ताहरुले वार्षिक ९।७५ प्रतिशत रिटर्न पाउने मेगा क्यापिटलले जनाएको छ।

बजार बढे पनि वा घटे पनि लगानीकर्ता निश्चित रुपमा ९.७५ प्रतिशत रिटर्न पाउने छन् क्यापिटलका मार्केटिङ डेड गिरिराज पोखरेलले बताए।

यस योजनामा न्यूनतम ३ लाख रुपैयाँदेखि सहभागी हुन सकिनेछ। लगानीकर्ताले सेयर वा नगद नै दिएर यो योजनामा सहभागी हुन सक्नेछन। लगानीकर्ताहरुले न्यूनतम ३ महिनादेखि १ वर्षसम्म मेगा क्यापिटलसँग सहकार्य गर्नुपर्नेछ।’

बजार घट्दा वा बढ्दा लगानीकर्ताहरुले निश्चित रुपमा ९.७५ प्रतिशत प्रतिफल पाउने र रिस्क पनि नहुने यस योजनाको मुख्य विशेषता रहेको छ।

यो योजनामा सहभागी भएपछि लगानीकर्ता आफ्नो पोर्टफोलियो व्यवस्थापनको तनावमा पनि लिनुपर्ने छैन। यदि लगानीकर्ताहरुले आग्रह गरेमा मेगा क्यापिटलले उनीहरुको आईपीओमा पनि भरिदिने छ ।

जसका कारण आईपीओ भर्नबाट छुट्यो भन्ने टेन्सन पनि हुने छैन। यही कात्तिक मसान्तसम्म यस योजनामा सहभागी हुनेहरुले मात्र निश्चित रुपमा ९.७५ प्रतिफल पाउने छन्।

prabhu mahalaxmi
kumari