stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा बैैंकद्वारा कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल कास्कीसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष पार्वतीकुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात मेगा बैंकले संघसँग आबद्ध उद्यमी महिलालाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाएको छ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण रूपमा छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताएकी छिन।

महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन्।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन्। मेगा बैंकले कर्जाका साथसाथै महिला उद्यमीहरुलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको जनाएको छ।

prabhu mahalaxmi
kumari