citizens life insurance long ad
stcnepal long ad

वाणिज्य बैङ्कहरूले कात्तिकका लागि सार्वजनिक गरेका ब्याजदर संशोधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य बैङ्कहरूले कात्तिकका लागि सार्वजनिक गरेका ब्याजदर संशोधन गरेका छन् । वाणिज्य बैङ्कहरूले ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु(याउन थालेपछि नेपाल राष्ट्र बैङ्कले त्यसलाई घटाएर बुधबारदेखि नै संशोधन गर्न दबाब दिएका कारण ब्याजदर एकल अङ्कमा झारेका हुन् ।

केन्द्रीय बैङ्कले बैङ्कहरूको नयाँ ब्याजदर अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा अधिक हुन नहुने भनेपछि बैङ्कहरूले ब्याजदर १० प्रतिशतभन्दा कम बनाएका हुन् ।

मुद्दती निक्षेपका लागि ११.६७ प्रतिशतसम्म पु(याएका छन् भने केही बैङ्कले १३ महिनाका लागि १२ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेका थिए ।
करिब दुई दर्जन बैङ्कले सार्वजनिक गरेका नयाँ ब्याजदरअनुसार १५ वटा वाणिज्य बैङ्कले ब्याजदर ९।३६ प्रतिशत कायम गरेका छन् ।

नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, सिटिजन्स इन्टरनेसनल र कृषि विकास बैङ्कको ब्याजदर भने ९ प्रतिशतभन्दा पनि कम रहेको छ ।

चेम्बरद्वारा स्वागत
यसैबीच ब्याजदरका सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले गरेको नयाँ निर्देशनको नेपाल चेम्बर अफ कमर्सले स्वागत गरको छ ।
चेम्बरले एक विज्ञप्ति जारी गर्दै वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैङ्कहरूमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकामा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशनको स्वागत गरेको हो ।

त्यस अनुसार गत महिनामा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने भनी दिएको निर्देशन स्वागत योग्य रहेको जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको सीसीडी अनुपात ८५ प्रतिशतलाई खारेज गरी ९० प्रतिशत गरिएकाले तरलताको अभाव पर्न गई बैङ्कहरूको ब्याजदरसमेत बढेको हुनाले तत्कालै पुरानै व्यवस्थाअनुरूप न्यूनतम ८५ प्रतिशत कायम हुनुपर्ने चेम्बरको धारणा रहेको जनाइएको छ ।

पुँजी बजार भने नकारात्मक नै
साताको अन्तिम दिनको कारोबारमा सेयर बजार पुनः ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर २५५६.९५ को बिन्दुमा सीमित भएको हो । ‘क’ वर्ग मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ घटेर ४८३.३९ को बिन्दुमा सीमित भएको छ ।
बिहीबार कुल २१६ कम्पनीका ६१ लाख छ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपियाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड र अन्य समूहको परिसूचक उकालो लागेको छ भने अन्य समूहको परिसूचक ओरालो लागेर बजार बन्द भएको छ । सबैभन्दा बढी जीवन बीमा समूह १०५.२५ अङ्कले, विकास बैङ्क ९४.४४ अङ्कले, जलविद्युत् समूह ४६.३९ अङ्कले, वित्तीय समूह ४६.३९ अङ्कले, बैङ्किङ समूह ७.०५ अङ्कले ओरालो लागेका हुन् ।

कारोबारका आधारमा सानिमा बैङ्क अग्रस्थानमा रहेको छ । बैङ्कको २७ करोड १२ लाख ९७ हजार रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४८८.८० रुपियाँ कायम भएको छ । साढे ११ करोडभन्दा बढीको कारोबार गरेर माछापुच्छ्रे बैङ्क दोस्रो स्थानमा रहेको छ ।

बैङ्कको अन्तिम सेयर मूल्य ३६४.९० कायम भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा नबिल बैङ्क, सिद्धार्थ बैङ्क र युनाइटेड मोदी जलविद्युत् लिमिटेड रहेका छन् । साताको अन्तिम दिनको कारोबारबाट मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीले १० प्रतिशतसम्म आम्दानी गरेका छन् ।

IME Life
kumari