citizens life insurance long ad
stcnepal long ad

आज नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण खेल 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले  इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो ।

नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपालले तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

IME Life
kumari