stcnepal long ad
ime life insurance
national life
global ime bank long

दशैंपछि सेयर बजार बढ्ने आशा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । दशैंको बिदा सुरु भएसँगै सेयर बजारका लगानीकर्ता पनि कोही राजधानीमै र कोही राजधानी बाहिर दशैं मनाउन गएका छन्। कतिपय घुम्न राजधानीबाहिर गइसकेका छन्।
शेयर बजार ३२०० को विन्दुमा हुँदा नै सेयर बेचेकाहरु अहिले ढुक्क साथ दशैं मनाइ रहेका छन्। सेयर होल्ड गरेकाहरु पनि दशैंपछि बजार बढ्ने आशाका साथ बसेका छन्।

सेयर बजारका सक्रिय लगानीकर्ता भन्छन(पोहोर साल सेयर बजारमा दशैंको असर धेरै नै थियो। तर यसपालि लगानीकर्ताको संख्या बढेसँगै दशैंमा दशैंका कुरा कम सेयर बजारका कुरा बढी हुन्छ ।

कोरोनाको त्रास अझै पनि छ। त्यसैले दशैंको बेला स्वास्थ्यको ख्याल राख्दै मनाउन अत्यावश्यक छ। दशैंमा सेयर बजार पनि बन्द भएकाले लगानीकर्ताहरू घरमा मिठो परिकारहरु बनाएर आफन्तहरुसँग दशैं मनाइ रहेका छन्। दशैंमा अनावश्यक भीडभाड नगरी सरकारलाई महामारी नियन्त्रणमा सहयोग गर्न आवश्यक छ।

सेयर बजारका लगानीकर्ता भन्छन– गत साल महामारीले गर्दा खुलेर दशैं मनाउन पाएको थिएनौं। यसपालि अधिकांशले खोप लगाएकाले साथीभाइसँग मनोरञ्जन गर्ने योजना रहेको छ।

दशैंमा फजुल खर्च गर्नुको साटो विपन्न वर्गका नागरिकलाई दशैंमा आफूले सकेजति खाना, पैसा, लत्ता(कपडा लगायत अन्य सहयोग गर्न आग्रह छ।

केही लगानीकर्ताहरू भने यसपालिको दशैंमा नयाँ ठाउँहरु घुम्न थालेका छन। उनीहरू भन्छन (पोहोर साल कोरोना कहरले गर्दा दशैंको सबै योजनाहरु खेर गयो। यसपटक सबैले कोरोनाविरुद्धको खोप लगाएकाले घुम्न गएका छौं।

दसैँको शुभकामना दिँदै उनीहरू भन्छन– नेपाली दाजुभाइ दिदीबहिनीलाई अहिले बजार घटेको र दशैंपछि बढ्ने भएकाले अनावश्यक खर्च गर्नुको साटो खर्च बचाएर सेयर बजारमा लगानी गर्न सुझाव दिन्छन्।

prabhu mahalaxmi
kumari