stcnepal long ad
ime life insurance
national life
global ime bank long

चलचित्र ‘धन्दागिरी’ रिलिज भए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । चलचित्र ‘धन्दागिरी’ रिलिज भएको छ । दशैंको अवसरमा चलचित्रको रिलिज गरिएको हो । कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । तर, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज भएको छ ।

दशैं विदा हत्याउन फिल्म ‘धन्दागिरी’ ले रिलिज गरेको छ । हिजो ९सोमबार० बाट प्रदर्शन देशैभरका विभिन्न चलचित्र हलहरुमा प्रर्दशन भएको हो । फिल्ममा देशमा भैरहेका विविध धन्दा माथिको बिषयलाई विशेष प्राथमिकता दिइएको छ ।

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, फुर्बा दोर्जे तामाङ, सुनिल कटुवाल, सुबास गजुरेल, बिपना बस्नेत, सारदा गिरी (काली बुढी), ध्रुब श्रेष्ठ, राजन गुरुङ, सुरेश थापा (दर्शने), बिनोद राई (घ्यम्पे सुब्बा), राधिका घिमिरे, साबित्रा थिङ, मुकुन्द घिमिरे, बिष्णु प्रसाई, देवराज प्रसाई, अतित लिम्बु, स्व।दीपक क्षेत्री, स्व।बिएस राणा लगायतको अभिनय रहेको छ ।

फिल्म धन्दागिरीको कथा र निर्देशन नरेन्द्र भट्टराई (एन बी अन्जान) को रहेको छ भने पत्रकार कृष्ण भट्टराईको संवाद रहेको छ । फिल्ममा तारा प्रकाश लिम्बु र सुर्य राईको सङीत रहेको छ भने साइमन राजबङ्शी र सुन्दर लावतीको नित्य निर्देशन रहेको छ ।

सुमन तन्डुकार, अर्जुन सापकोटा, सुन्दर लावती र आरोन को छायांकन रहेको छ । देब महर्जनको दन्द र नहकुल खड्काको सम्पादन रहेको छ । फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आरआर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

चलचित्र थाइल्यान्ड, सिङापुर, मलेसिया लगायत नेपालका विभिन्न ठाउँमा छायांकन गरिएको निर्माता कुमार ओझाले बताए । चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन र सन्तुष्टि दिने निर्देशक भट्टराईको दाबी छ । यसको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्मसले लिएको छ ।

prabhu mahalaxmi
kumari