stcnepal long ad
ime life insurance
national life
global ime bank long

१४औं मिस लिटिल नेवा नेपालमा सहभागीहरु अन्तिम प्रशिक्षणमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेवार किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरु अन्तिम स्पर्धामा भिड्नका लागि प्रशिक्षणमा व्यस्त भईरहेका छन्।

आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १४औं संस्करणको मिस लिटिल नेवा नेपाल ११४१ का सहभागीहरुले प्रशिक्षण, तालिम, ज्ञान बृद्धी र अध्ययनका क्रममा सेतो मछिन्द्रनाथ मन्दिरमा लाख बत्ती बाल्ने, महांकाल मन्दिरमा समयाबजी बनाउने र चढाउने, भत्तपुरको राधेराधे, भाटनभटेनीमा अवस्थित होटल एटलान्टिकमा टेबुल मेनजमेन्ट जस्ता अनुभव संगालेका छन् भने विभिन्न विधाका विज्ञहरुबाट कक्षा लिइरहेका छन्।

१४औं मिस लिटिल नेवा नेपाल ११४१ को अन्तिम स्पर्धामा भिड्नका लागि नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टीना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे जोडतोडका साथ तयारीमा जुटेका छन्।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार सहभागी किशोरीहरु अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्नुअघि कात्तिक १३ गते ट्यालेन्ट शोमा आफ्ना प्रतिभाका साथ प्रस्तुत हुनेछन्।

यो प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पलपसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ।

त्यसै गरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिनेछन्।

prabhu mahalaxmi
kumari