stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिसहोम फाइवर नेट भरतपुर र गैडाकोटमा विस्तार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौ । देशको विभिन्न स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिरहेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोट नगरपालिमा पुगेको जानकारी कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले दिएका छन।

डिसहोम फाइबरनेट नेपालका प्रमुख सहर काठमाण्डौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा, पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगन्ज र धनगढीमा पनि पुग्ने भएको छ।

अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिसहोम फाइबरनेटले प्रदान गर्ने कम्पनीले जनाएको छ। ग्राहकले मासिक शुल्क मात्र रु। ८९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरका साथमा लिन सक्ने छन्।

अहिले नेपालीको घरआँगनमा चाडपर्वको मौसम छाइसकेको छ। यो रमाइलो पर्वको मौसममा थप खुसियाली र उत्साह थप्न डिसहोम फाइबरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन ल्याएको छ।

यही असोज ११ गतेदेखि लागू भएको यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकलाई स्पेन घुम्न पठाउने भएको छ।

स्पेन जाने चार भाग्यशाली बिजेताको छनौट लक्की ड्र मार्फत गरिनेछ। लक्की ड्र को प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिसहोमको अन्य च्यानलहरुमा हुनेछ।

डिसहोम फाइबरनेटका बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिसहोम डिलर दाइलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari