stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज नेप्से दुई अंकले ओरालो लाग्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । धितोपत्र कारोबार हुने साताको आज पहिलो दिन असोज २४ गते आइतबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागि नेप्से सामान्य रूपमा घटन पुगेको छ। शेयर बजार आज १८.५३ अंकले ओरालो लागेको छ।

योसँगै नेप्से परिसूचक २६६२.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ को विन्दुमा ओर्लेको छ। आज ४.५अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको छ।

शेयर विश्लेषकहरू आजको बजार घटाइलाई सामान्य सधारका रुपमा लिनुपर्ने बताउँछन्। अब बजारको लय दशैंपछि मात्र थाहा हुने बताउछन । बैंक ब्याजदरको अवस्थाले अबको बजारको दिशालाई निर्देशन गर्नेछ । ब्याजदर बढेर बजार साइडवेजमा जान पनि सक्छ। यही कारणले अहिले केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।

पछिल्ला केही दिन लगातार बजार बढेकोले आज सुधार आएको हो। बढेको बजारबाट प्रफिट बुक गर्दा आज करेक्सन आएको हो।

आज पहिलो कारोबार सत्रमा बजार बढेको र पछिल्लो सत्रमा बजार घटेपनि शेयरको बिक्रीचाप खासै नपरेको देखिन्छ। यसले यो करेक्सन स्वाभाविकै रहेको र यसले बजारलाई थप मजबुत गर्ने संकेत मिलेको बताइएको छ।

लगातार घटेको बजार पछिल्लो केही दिनदेखि संयमताका साथ बढेकोले थोरै ओरालो लाग्दैमा आत्तिनुपर्ने अवस्था छैन। ब्याजदरको असर अल्पकालीन हुने भएकोले आधार दर डबल डिजिट नभएसम्म डराउनु पर्दैन।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। यसैगरि म्युचुअल फन्ड सर्वाधिक ०.७६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.५ प्रतिशतले बढेको आज वित्त समूहमा ०.२९ ले उकालो लागेको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.१६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.५९ प्रतिशतले घटेको छ भने बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, जलविद्युत समूहमा १.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा ०.७१ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँमा किनबेच भएका छन्। महिला लघुवित्तको सर्वाधिक १८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड २५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १० करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड ४९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ९ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड १७ लाख रुपैयाँ रैराङ हाइड्रोपावरको ८ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज मैलुङ खोला जलविद्युतको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ। यसैगरि जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर भाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी ३ वटै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।

prabhu mahalaxmi
kumari