stcnepal long ad
ime life insurance
national life
global ime bank long

एक्सेल डेभलमेन्ट बैंकको भोली असोज २५ गते सोमबारबाट हकप्रद सेयर खुल्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले भोली असोज २५ गते सोमबारबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यसले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता सेयर बिक्री गर्नेछ ।

यस हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेबाट बुक क्लोज गरेको हो । यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । यस हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari